सप्तरीमा जारी मुस्लिम सम्मेलनमा सहभागी एक नेपालीसहित दुई जनाको मृत्यु

Machchapuchchre

सप्तरी । मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यु भएको हो ।

सम्मेलनस्थलमा शनिबार साँझ बेहोस भएका एक जना भारतीयको मृत्यु भएको थियो । भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तीलक भारतीले बताए। शनिबारदेखि सुरु भएको सम्मेलनमा करिब अढाइ लाख सहभागी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्