प्रदेश नम्बर २ को सरकार परिवर्तन हुदैन, संविधान संशोधनका लागि सदन र सडकबाट सङ्घर्ष – उपेन्द्र यादव

Machchapuchchre

विराटनगर । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने दाबी गरेका छन् । बिराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यादवले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्य जारी रहने बताए । साथै उनले समाजवादी र राजपाबीच आगामी दिनमा एकीकरण हुने बताए ।

सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने उनले बताए । प्रश्नको जवाफमा समाजवादीका अध्यक्षा यादवले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको बताए ।

अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने त्यसपछि सडकबाट विद्रोह शुरु हुने बताए । संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने उाको जोड थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्