आज ७० औं प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । […]

स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको मुटुको रिपोर्ट सामान्य

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको रिपोर्ट सामान्य देखिएको छ। मुटु दुखेपछि जाँच गर्न उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। रिपोर्ट सामान्य देखिएपछि उनी आजै निवास बालुवाटार फर्किने छन्। ‘प्रधानमन्त्रीज्यू नियमित जाँचका लागि मनमोहन जानुभएको हो। आजै निवास फर्किनुहुन्छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने। अस्पतालमा प्रधानमन्त्रीको मुटुको एन्जिओग्राफी गरिएको हो। […]

कानून बनाउँदैमा विधायककाे जिम्मेवारी समाप्त हुदैन- राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उनले सांसदले ऐनको कार्यान्वयन भए/नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताए । अध्यक्ष तिमल्सिनाले निर्वाचनका समयमा प्रतिनिधिले जनतासामु […]

बुर्किना फासोमा गिर्जाघर नजिक बन्दुकधारी समूहको आक्रमण, कम्तीमा २४ जनाकाे मृत्यु

वागाडुगू । अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा मारिनेमा गिर्जाघरका पादरी समेत रहेको जनाइएको छ । मारिनेमा इसाईसहित इस्लाम धर्मावलम्बी समेत रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक […]

अदालतले संसदलाई पत्र नलेखेसम्म महरा बैठकमा नजाने

काठमाडाैं । बलात्कार मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले पत्र नलेखेसम्म प्रतिनिधि सभाको बैठकमा सहभागी नहुने भएका छन्। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। काठमाडौं जिल्ला अदालतले महराको फैसला तयार पारेको छैन। फैसला तयार नभएको अवस्थामा अदालतले पत्र पठाएमात्र उनको सांसदको हैसियत पुनर्वहाली हुनेछ। उनको सांसद पदको सेवा, सुविधा र हैसियत अहिले […]

काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या १८ सय नाघ्याे, सङ्क्रमितको सङ्ख्या ७४ हजार बढी

काठमाण्डौ । चीनमा कोरोना भाइरस (काेभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको […]

चीनमा मानव अधिकारको चरम उल्लंघन, दाह्री पालेको र इन्टनरनेट चलाएकै निहुँमा सयौंलाई थुनामा

काठमाडौं । चीनमा मानव अधिकार चरम उल्लंघन भएको खुलासा भएको छ । बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख छ । सो दस्ताबेजको पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेलसेम भएको एक ३८ वर्षीया महिलालाई केही वर्षअघि नकाब लगाएको कारण मुद्दा चलाएर […]

अदालतले सफाइ दिएपछि रिहा भए महरा, भन्छन – कारागारमा राम्रो व्यवहार भयो, धन्यवाद

काठमाडौं । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए ।डिल्लीबजार कारागारबाट […]

बलात्कार मुद्धामा पूर्वसभामुख महरालाई सफाइ, आजै जेलमुक्त हुने

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । […]

राष्ट्र बैंक; ललिता निवास सम्बन्धित बैंक कर्जाको ‘प्रोभिजनिङ’ तयारीमा

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासकोसरकारी जग्गा धितो राखेर प्रवाह गरिएको ऋण कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारीमा  रहेको बुझिएको छ । बैंकले दिएको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको […]