आज ७० औं प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

Machchapuchchre

काठमाडौं । १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहनेछ ।

यसैवीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्