अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल

Machchapuchchre

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् । युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए ।

“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उनले भने, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।” उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए ।

“देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ”, उनले भने , “नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ ।” उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्