आज महाशिवरात्रि पर्व ! पशुपतिनाथ दर्शनका लागि यी पाँच स्थानबाट गरिएको छ लाइन लाग्ने व्यवस्था

काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवमन्दिरमा भगवान शिवको पूजा आराधना गरिदैछ । महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित […]

बास्कोटाले राजीनामा स्वीकृत भएलगत्तै सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले […]

नैतिकताको आधारमा राजीनामा दिएँ – बाँस्कोटा

काठमाडौँ । गोकुल बाँस्कोटाले ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका छन्। सेक्युरिटी प्रेसखरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेकोअडियो बुधबार सार्वजनिक भएको थियो। बर्खस्तिमा पर्ने निश्चित भएपछि सञ्‍चार […]

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त […]

सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसको छानवीनको माग गर्दै सदन अवरुद्ध गरेको हो । कांग्रेस सांसद जितेन्द्र नारायण देवले तीन […]

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो, संक्रमितको संख्या घट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ । कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यसअघि गत मंगलबार एकै दिनमा महामारीबाट १ सय ३६ जनाको मृत्यु भएको थियो । […]

सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ । विभिन्‍न अनलाइनहरुमा सञ्‍चारमन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको अनुसन्धान गर्न आग्रह गरेको हुन्। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी […]

प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई सोधे – ‘एमसीसीको बारेमा के गरिरहनु भएको छ ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता संसदको कार्यसूचीमा राख्न आग्रह गरेका छन् । सचिवालय स्रोतका अनुसार ओलीले सभामुख सापकोटासँग एमसीसीलाई संसदको कार्यसूचीमा राख्नेबारे चासो राखेका छन् । ‘एमसीसीको बारेमा के गरिरहनु भएको छ ? ‘भनेर ओलीले सोधेको र सभामुख सापकोटाले ‘सल्लाह […]

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो, निको हुनेको संख्या पनि बढ्यो

बेइजिङ । कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसका कारण चीनमा दुई हजार बढीको ज्यान गएको छ। मंगलबारसम्म मेनल्याण्ड चीनमा दुई हजार ४ जनाले ज्यान गुमाएका छन् भने ७५ हजार १ सय ९६ जना संक्रमित भएका छन्। मंगलबार नयाँ संक्रमित हुनेभन्दा उपचारपछि निको हुनेको संख्या भने बढेको छ। कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तमा मंगलबार १ सय ३२ जनाको […]

प्रजातन्त्र दिवस – यस्तो छ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताएकी छन् । राष्ट्रपतिले दिगो […]