कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो, निको हुनेको संख्या पनि बढ्यो

Machchapuchchre

बेइजिङ । कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसका कारण चीनमा दुई हजार बढीको ज्यान गएको छ। मंगलबारसम्म मेनल्याण्ड चीनमा दुई हजार ४ जनाले ज्यान गुमाएका छन् भने ७५ हजार १ सय ९६ जना संक्रमित भएका छन्।

मंगलबार नयाँ संक्रमित हुनेभन्दा उपचारपछि निको हुनेको संख्या भने बढेको छ। कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तमा मंगलबार १ सय ३२ जनाको ज्यान गएको छ भने १६ सय ९३ मा नयाँ संक्रमण देखिएको छ। नयाँ संक्रमितको संख्यामा निरन्तर घटेको यो १५ औं दिन हो।

मंगलबार निको हुनेहरूको संख्या पनि बढेको छ। हिजोमात्र १८ सय २४ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। गत डिसेम्बरदेखि हुवेईको राजधानी वुहानको एउटा बजारबाट सुरू भएको उक्त भाइरसलाई सुरूमा नोवेल कोरोनाभाइरस भनिएको थियो। पछि अधिकारीहरूले यसलाई कोभिड-१९ नाम दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्