सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

Machchapuchchre

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयप्रति जवाफ दिने क्रममा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूले प्राप्त गरेको बताएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाको ठेक्का स्वीकृतिका लागि स्वीस कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले उनको राजीनामा माग गरेको थियो ।

कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै बिहीबार संसद बैठक अवरुद्ध पारेको थियो । कांग्रेसले बैठक अवरुद्ध पारेपछि सभामुख सापकोटाले आगामी बैठक फागुन १३ गते (मंगलबार) दिनको १ बजे बस्ने गरी बिहीबारको बैठक स्थगित भएको घोषणा गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्