सिटिजन्स बैंकले गर्यो डोल्पाको मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग

Machchapuchchre

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ एक कार्यक्रमबीच बुधवार हस्तान्तरण गरेको हो ।

समितिले १२ जना अपांग छात्र र ८ जना अपांग छात्रालाई शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकम विद्यार्थीलाई कपडा लगायत खरीद गर्न खर्च गरिने समितिको भनाइ छ ।

बैंकको देशभर ८९ ओटा शाखा, ९० ओटा एटीएम र १०३ ओटा शाखारहित सेवा सञ्चालनमा छन् । आगामी दिनमा पनि बैंकले यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्