नैतिकताको आधारमा राजीनामा दिएँ – बाँस्कोटा

Machchapuchchre

काठमाडौँ । गोकुल बाँस्कोटाले ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका छन्।

सेक्युरिटी प्रेसखरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेकोअडियो बुधबार सार्वजनिक भएको थियो। बर्खस्तिमा पर्ने निश्चित भएपछि सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका हुन् ।

बिहीबार बिहान कञ्चनपुरमा रहेका बाँस्कोटा काठमाडौं फर्किए लगत्तै एउटा पत्र लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे । उक्त पत्र अरू केहि नभइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन लगिएको राजिनामा पत्र थियो । बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमा बुझाएको उनी निकट स्रोतले बताएको छ।

राजिनामासंगै गोकुल बाँस्कोटा सिंहदरबारबाट बाहिरिएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र थिए । २०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीबाट इन्ट्री पाएका बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा भएका थिए ।

बाँस्कोटा प्रधानमन्त्रीको मुख्य सहयोगी भएकै कारण मन्त्रीमा बढुवा भएका थिए । मन्त्री बनेलगत्तै उनले सरकारको बचाउमा निक्कै मिहेनत गरेका थिए । आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चा र विवादमा समेत आउने गरेका उनी सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि थप विवादमा तानिएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे उनले स्वीस कम्पनीका नेपाली एजेन्टले कमिसनको ‘डिल’ गरेको एउटा अडियो सार्वजनिक भएको थियो । सो अडियोपछि चौतर्फी आलोचित बनेका मन्त्री बाँस्कोटा प्रधानमन्त्रीको निर्देशनपछि राजीनामा दिने निश्कर्षमा पुगेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्