एनआईसी एशिया बैंकको ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

Machchapuchchre

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘न्यू चमत्कारिक बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाबाट बैंकका ग्राहकहरुले ३० चमत्कारिक फाइदाहरु पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनुहुनेछ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

जस्तो, २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४,००० रूपैयाँ बराबर ग्राहक महानुभावलाई फाइदा देखिन्छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनुहुनेछ । मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक महानुभाव हुनुहुनेछ । नेपालको बैंकिङ्ग क्षेत्रमध्ये अत्याधिक फाइदाले भरिएको बीमा सुविधाले ग्राहक महानुभावहरूको मन जितिरहेको छ ।

यो सँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहक महानुभावले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्नुहुन्छ भने उहाँलाई करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट-क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक महानुभावलाई ८७,००० रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा
बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा ग्राहक महानुभावहरू सामु पस्केको छ । यो एक विशेष किसिमको सुविधा हो जसमा तपाईले खोल्नु भएको न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त गर्नुहुनेछ । यदि ग्राहक महानुभावहरूले बचत रकममा उच्चतम ब्याज आम्दानी गर्ने बाटो खोज्दै हुनुहुन्छ भने यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र बचत खातामा ६.५ प्रतिशत ब्याजदर पाइरहेको ग्राहक महानुभावले मुद्धती खातामा जाने वित्तीकै ९.७५ प्रतिशत सम्मको ब्याज पाउनुहुनेछ ।

हाल बैंकले देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।
प्रकाशित मिति : फेब्रवरी २०, २०२०

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्