प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई सोधे – ‘एमसीसीको बारेमा के गरिरहनु भएको छ ?’

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अमेरिकी सहायता सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौता संसदको कार्यसूचीमा राख्न आग्रह गरेका छन् । सचिवालय स्रोतका अनुसार ओलीले सभामुख सापकोटासँग एमसीसीलाई संसदको कार्यसूचीमा राख्नेबारे चासो राखेका छन् ।

‘एमसीसीको बारेमा के गरिरहनु भएको छ ? ‘भनेर ओलीले सोधेको र सभामुख सापकोटाले ‘सल्लाह गर्छु’ भनेर जवाफ दिएको स्रोतको भनाइ छ । सत्तारुढ दल नेकपाले एमसीसीबारे अध्ययन गर्नका लागि कार्यदल बनाएको र त्यसले प्रतिवेदन दिइनसकेको कारण सभामुख भने ‘पर्ख र हेर’को अवस्थामा रहेको हुनसक्ने आशंका प्रधानमन्त्रीले गरेको सचिवालयले स्रोतको भनाइ छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गरेर एमसीसी अध्ययनका लागि कार्यदल बनाएकोप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् । केही दिनअघि ९ वाम दलसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले साढे दुई वर्ष अघि भएको सम्झौतामा अहिले आएर अध्ययन कार्यदल बनाइनु मजाकको विषय भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले शनिबार संसद बैठकमा पनि एमसीसी पास हुने बताएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो २ वर्षे कार्यकालको समीक्षा गर्दै संसदमा यसो भनेका थिए– ‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत प्रसारण लाइन र आवश्यक सवस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत सामथ्र्य उपयोगमा कोसेढुंगा हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्