कोरोनाबाट सतर्क रहन दक्षिण कोरियामा रहेका नेपालीलाई देउवाको आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई कोरोनाभाइरस संक्रमणको जोखिमबाट सतर्क रहन आग्रह गरेका छन्। सोमबार पत्राचार गर्दै सभापति देउवाले नेपालीको सुरक्षामा उच्च सतर्कताका लागि जनसम्पर्क समिति र कोरियामा रहेका नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका हुन्। ‘केही दिन यता दक्षिण कोरियामा समेत कोरोना […]

ट्रम्पको सुरक्षाका लागि खटाइयो पाँच लंगुर ! यसरी गर्नेछन सुरक्षा

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच लंगुर पनि खटाइएको छ। सोमबार दुई दिने भ्रमणका लागि राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प भारत आइपुगेका छन्। उनलाई अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका हुन्। ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको […]

कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको […]

संविधान संशोधनका लागि सत्तारुढ नेकपाले बनायो कार्यदल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन् । यो कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ । नेकपाले राष्ट्रपतिबाट […]

गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए । […]

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने

काठमाडौं । मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा पश्चिमी न्युन चापिय प्रणालीको असरले देशभर आंशिक बदलीको अवस्था कायमै रहेको जनाएको छ । देशका पहाडी भू-भागका […]

आज काठमाडाैंमा पानी पर्छ कि पर्दैन ? मौसम पूर्वानुमान महासखाले दियो यस्तो जानकारी

काठमाडाैं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। ‘देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। […]

बास्कोटाको ७० करोड घुसकाण्डबारे बोले विप्लव, निकाले यस्तो कडा बिज्ञप्ति

काठमाडाैं ।नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिद सम्बन्धी कमिसन काण्डबारे समेत आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त कमिसन काण्डमा प्रधानमन्त्री केपी वलीकै संलग्नता रहेको नेकपाले ठोकुवा गरेको छ । नेकपा महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उक्त काण्डमा संलग्न निवर्तमान संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटालाई बचाउन लागेको बताएका छन् । […]

अमेरिकासँगको तनाव र आर्थिक संकटबीच इरानमा निर्वाचन जारी, कस्तो आउला परिणाम ?

काठमाडाैं । शुक्रबार इरानमा आम निर्वाचन भइरहेको छ । शुक्रबार ७ बजे नै शुरु भइसकेको छ । अमेरिकी आर्थिक प्रतिबन्ध र कूटनीतिक रुपमा विश्वबाट अलग्गिएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका छन् । सात हजारभन्दा बढी निकै शसक्त उम्मेद्वारहरूको नाम हटाइएकाले चुनावमा मतदाताको संख्या कमै रहने अनुमान गरिएका छन् । उम्मेदवारको सूचीबाट हटाइएका व्यक्तिहरुमा […]

ओलीले प्रचण्डलाई बालुवाटार बोलाए, पछिल्लो घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल हुने

काठमाडौं– नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् । ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन । अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए […]