आज काठमाडाैंमा पानी पर्छ कि पर्दैन ? मौसम पूर्वानुमान महासखाले दियो यस्तो जानकारी

Machchapuchchre

काठमाडाैं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

‘देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका केही स्थान र पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातको समयमा केही स्थानमा आँशिक बदली रहेपनि अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ। आइतबार र सोमबार मेघ गर्जन/चट्याङसहित हल्का बर्षाको आंकलन गरिएको महाशाखाको पूर्वानुमानमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्