एमसीसी देशको हितमा छ, बिबाद गर्नुको औचित्य छैन : अध्यक्ष थापा

Machchapuchchre

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देशमा भ्रष्टाचार बढेको बताएका छन् । उनले नीतिगत भ्रष्टाचारसमेत मौलाएको आरोप लगाए । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आमूल परिवर्तनको नारा लगाउनेहरु नै भ्रष्टाचारमा डुबेको आरोप लगाएका हुन् ।

अध्यक्ष थापाले भने, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।

एमसीसीबारे पत्रकारको जिज्ञासामा अध्यक्ष थापाले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए । एमसीसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्