बास्कोटाको ७० करोड घुसकाण्डबारे बोले विप्लव, निकाले यस्तो कडा बिज्ञप्ति

Machchapuchchre

काठमाडाैं ।नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिद सम्बन्धी कमिसन काण्डबारे समेत आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त कमिसन काण्डमा प्रधानमन्त्री केपी वलीकै संलग्नता रहेको नेकपाले ठोकुवा गरेको छ । नेकपा महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उक्त काण्डमा संलग्न निवर्तमान संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटालाई बचाउन लागेको बताएका छन् ।

विप्लवले बास्कोटालाई बचाउन घुस काण्डलाई ढाकछोप गर्न लागिएको भन्दै विप्लवले कारवाहीको माग गरेका छन् । “सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरङ्गित भएको छ । सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन्” विज्ञप्तिमा भनिएको छ ।

काण्डैकाण्डको सरकार पछिल्लो पटक ७० करोड घुसकाण्डमा जाकिएको बताउँदै यो केपी ओलीको लागि अभिशाप भएको भन्दै विप्लवले यसका प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् । विज्ञप्तिमा विप्लवले भनेका छन्, “केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ । यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ । हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ ।”

महासचिव विप्लवले ठूलो जहाजकाण्ड आदिमा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै भ्रष्ट र राष्ट्रघाती सरकारलाई बर्खास्तीको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । ‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम वलीकै संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ । केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको सर्वविदितै छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

ओली सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको भन्दै महासचिव विप्लवले विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको बताएका छन् । साथै यसखाले फासिवादी दमनको भत्र्सना गर्दै गिरफ्तार सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग समेत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्