कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ । इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको […]

सत्तारुढ नेकपाले गर्यो संविधान संशोधन कार्यदल भङ्ग

काठमाडौं । सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर पनि […]

दिल्लीमा हिंसा : मृत्यु हुनेको संख्या २० पुग्यो, मुख्यमन्त्री केजरीवाल भन्छन्- सेना परिचालन गरौं

काठमाडाैं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। अरविन्द […]

तीन दिने सुदूरपश्चिम प्रदेश भ्रमणका लागि राष्ट्रपति भण्डारी आज धनगढी जाँदै

कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार)बाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने तय भएको छ । सुदूरपश्चिम प्रदेश भ्रमणको क्रममा राष्ट्रपति भण्डारी आज कैलालीको धनगढी जाने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्ने छिन् । सोही दिन खाना महोत्सवको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ […]

प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखामा आँखा जुधाएर हाम्रा प्रश्नको उत्तर दिने हिम्मत छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाले घुस मागेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका एजेन्ट विजयकुमार मिश्रबीच भएको कुराकानी २ महिना अगाडि नै सुनेको विषयमा प्रधानमन्त्री ओलीले संसदमा उभिएर जवाफ दिनुपर्ने सांसद थापाको माग […]

भ्रष्टाचार गर्न दिन्‍न भनी प्रधानमन्‍त्रीले संसद्‌लाई आश्‍वस्त पार्नुपर्छ – सांसद रिजाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्रीले संसद‍्मा जवाफ दिन माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेको भन्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍‌मा जवाफ दिन माग गरेका हुन्। ‘सदनमा आउनुस् र आश्‍वस्त बनाउनुस् भ्रष्टाचार गर्न दिन्‍न भनेर, तपाईं संसद्‍ले […]

बाँस्कोटा प्रकरणले स्थगित भएको बैठक १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठक भने सुचारु हुने बताइएको छ । यसअघि हिजो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजको बैठक अवरोध नगर्ने निर्णय गरेको थियो । […]

ट्रम्प भारत आएका बेला दिल्लीमा हिंसा, प्रहरी अधिकारीसहित चार जनाको मृत्यु, २५ घाइते

काठमाडाैं । अमरिकी राष्ट्रपति भरत भ्रमणमा आएका बेला नयाँ दिल्लीमा तनाव भएको छ । दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंस्रक भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिंसामा अहिलेसम्म तीन सर्वसाधारणको र एक पुलिस अधिकारी मृत्यु भएको छ । दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र […]

संसद बैठक अवरुद्ध नगर्ने काँग्रेससहित यी तीन दलको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने भएको छ । सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको काँग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको बैठकमा संसद अवरुद्ध नगर्ने विषयमा समझदारी भएका हो । काँग्रेस सचेतक पुष्पा भुसालले तीन दलबीचको बैठकमा मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने समझदारी भएको […]

कोरोनाबाट सतर्क रहन दक्षिण कोरियामा रहेका नेपालीलाई देउवाको आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई कोरोनाभाइरस संक्रमणको जोखिमबाट सतर्क रहन आग्रह गरेका छन्। सोमबार पत्राचार गर्दै सभापति देउवाले नेपालीको सुरक्षामा उच्च सतर्कताका लागि जनसम्पर्क समिति र कोरियामा रहेका नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका हुन्। ‘केही दिन यता दक्षिण कोरियामा समेत कोरोना […]