कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा, दिल्ली सरकारले दियो अनुमति

नयाँदिल्ली । आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन्। मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् । […]

गाली बेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले हाले जिल्ला अदालतमा मुद्दा

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले  लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन् । शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन्। उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएका छन्। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी […]

केक काटेर जन्मदिन मनाउने हाम्रो संस्कृति हैन : अष्टलक्ष्मी शाक्य

अर्थ राजनीति  ।  हामी नेपालीहरुले विदेशी संस्कृति र परम्परालाई अलि बेशीनै नकल गर्न थालेका छौ । विभिन्न चाडपर्वहरु विदेशीको मनाइ राखेका छौ । जन्मदिनमा केक काट्नु र बत्ति निभाउनु पनि विदेशी परम्परा रहेको अष्टलक्ष्मी शाक्यले बताइन । हाम्रो नेपालि समाजमा जन्मदिनमा केक काट्ने चलन नभएता पनि,  पछिल्लो केहि वर्ष देखि नेपालमा जन्मदिनमा केक काट्ने र बत्ति […]

सिरियाद्वारा टर्कीमाथि आक्रमण,- २९ सैनिक मारिए, १० लाख बढी विस्थापित

एजेन्सी । सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिएका छन् । टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा भएको हवाइ हमलामा अन्य कैयौं घाइते भएको बीबीसीले जनाएको छ । टर्कीले इडलिब प्रान्तमा सुरक्षाकर्मीको तैनाथी बढाएलगत्तै भएको हमलामा मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । रसियाको समर्थनमा रहेको सिरियाली सरकारी सैनिकले विपक्षीहरुका अखडा नियन्त्रण गर्न […]

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी – कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

जेनेभा । बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ । विश्‍व स्वास्थ्य स‌ंगठनको जेनेभास्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयसस तस्बिर : रोयटर्स ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले […]

दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो

काठमाडौं । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्राण्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । […]

जापानकाे पानीजहाजबाट भारतले यसरी गर्यो नेपालीकाे उद्धार

नयाँदिल्ली । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज(डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेको छ । भारत सरकारले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो। उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान […]

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो

काठमाडौं । इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ । इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको […]

सत्तारुढ नेकपाले गर्यो संविधान संशोधन कार्यदल भङ्ग

काठमाडौं । सत्तारुढ दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर पनि […]