कोरोना भाइरसको जोखिम बढेपछि ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि […]

माओवादी जनयुद्धकालमा मारिएका थिए प्रचण्डलाई जुत्ता हान्ने रतनका बुवा

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का बासिन्दा हुन् । पूर्व माओवादी कार्यकर्तासमेत रहेका उनले नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा आइतवार […]

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, को हुन् जुत्ता हान्ने व्यक्ति ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्र’हार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार भएको हो । नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति)को रुपमा सहभागी भएका […]

संसदमा सभापति देउवाको प्रश्न: ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङमा छानविन किन नभएको भन्दै संसदमा आपत्ति जनाएका छन् । देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्रीले ७० […]

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका […]

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, कार्यसूची सार्वजनिक गरिएन

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् । यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए । विपक्षी दलका सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए । बैठकमा […]

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन् । यसअघि […]

७२ वर्षीय मुहिद्दिन बने मलेसियाका नयाँ प्रधानमन्त्री, आइतबार शपथग्रहण

क्वालालम्पुर । मलेसियाका सुल्तानले पूर्वगृहमन्त्री मुहिद्दिन यासिनलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएका छन् । संसद्मा मुहिद्दिनको बहुमत पुग्ने देखिएकाले राजाले उनलाई प्रधानमन्त्री बनाउने निर्णय लिएको राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘महाराजले प्रधानमन्त्री नियुक्ति प्रक्रियामा ढिला गर्न नमिल्ने बताएका छन्,’ विज्ञप्तिमा उल्लेख छ। मुहिद्दिनलाई प्रधानमन्त्री बनाइने निर्णय सबैका लागि उचित भएको राजाले बताएका छन्। ७२ वर्षीय […]

कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा, दिल्ली सरकारले दियो अनुमति

नयाँदिल्ली । आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन्। मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् । […]