नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, को हुन् जुत्ता हान्ने व्यक्ति ?

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्र’हार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्र’हार भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति)को रुपमा सहभागी भएका थिए । प्रमुख वक्ताको रुपमा स्मृति सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएनन् ।

जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का बासिन्दा हुन् ।

रतनका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/ ५६ सालमा मारिएका थिए । उनको परिवारमा नै माओवादीमा लागेको थियो । रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्