प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्