अज्ञात समूहको गोली लागेर महोत्तरीमा एक जना घाइते

Machchapuchchre

काठमाडौँ । महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् ।

अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए । गम्भीर घाइते यादवलाई उपचारका लागि प्रदेशिक अस्पताल जनकपु लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्