केवाईसी अपडेट गरिदिने भन्दै ओटीपी लिएर ठगी गर्ने चार पक्राउ

Machchapuchchre Bank

Artharajniti  ~  बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासी रामग्राग नगरपालिका–१६का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका वडा नंं. १७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन् । उनीहरूले बहालवाला र अवकाश प्राप्त कर्मचारीलाई लक्षित गरेर ठगी गर्ने गिरोह चलाएको ब्युरोले जनाएको छ । उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नुपर्‍यो’ भन्दै फोन तथा वाट्सएप कलममा स्क्रिन सेयर गर्न लगाई ओटीपी कोड प्राप्त गर्ने र ती व्यक्तिको खातामा पहुँच पुर्‍याएर रकम रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्