मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताएको छ । मंगलबार दिउँसाे प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ । अस्पतालले प्रत्यारोपण अगाडि गरिने नियमित डायलसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी भएको विज्ञप्तिमार्फत जनाएको छ। साथै ओलीको स्वास्थ्य […]

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् । राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ […]

दुर्घटना र तीव्र गति कम गर्न भक्तपूरका सडकमा ‘राडार गन ‘ जडान

अर्थ राजनीति । अरनिको राजमार्ग सडक खण्डमा दिनहु सवारी साधन दुर्घटनामा परिरहेको हुन्छ । बाटो फराकिलो भएको कारण मानिसहरुले तीव्र गतिमा सवारी साधन चालाउने गरेको पाइन्छ । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडार गन’ जडान गरेको छ । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको […]

प्रधानमन्त्री ओलीको मिर्गौलमा प्रत्यारोपण भोलि ९ बजे गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उहाँको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल […]

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ६ पुग्‍यो

एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको छ। यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको बताएको छ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको […]

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले देशवासीलाई छोडे यस्तो सन्देश, भिडियोसहित

काठमाडाैं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ सन्देश जारी गरेका छन्। उक्त भिडिओ सन्देशमा उनले प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्। प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन। आफ्नै देशमा अनुभवी चिकित्सक मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले […]

चिनिया राजदुत लिलामणि पौडयाललाई नेपाल फिर्ता बोलाइयो

अर्थ राजनीति | चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई २ हप्ता भित्र नेपाल फिर्ता हुन सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए । उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई नेपाल फर्काउन  निर्णय गरेको हो | सरकारले अरु राजदुतप्रति […]

कोरोना भाइरसको संक्रमणबाट जोगिने उपाय !

अर्थ राजनीति । बिश्वोमा अहिले सबैं भन्दा ठुलो आतंक भनेको कोरोना भाइरस भएको छ । अधिकांश देशमा यसको प्रभाव पारिसकेकोछ । यो भाईरस देखा परेको केहि हप्तामानै  हजारौ व्यक्ति ले ज्यान गुमाई सकेका छन् , दिनानुदिन यसबाट संक्रमित हरुको संख्या बढ्दो छ, अझ डरलाग्दो कुरो त यो भाइरसको ठोस औसधि पनि छैन । यस बाट […]

वुहानबाट उद्दार गरि क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । १४ दिनसम्म भक्तपुर, खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । दोस्रो पटक गरिएको कोरोना परीक्षण नेगेटिभ आएपछि भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको […]

चीनसहित पाँच देशका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

काठमाडौँ  । नेपालले चीनसहित विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको छ । आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने […]