मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

Machchapuchchre Bank

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताएको छ । मंगलबार दिउँसाे प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ ।

अस्पतालले प्रत्यारोपण अगाडि गरिने नियमित डायलसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी भएको विज्ञप्तिमार्फत जनाएको छ। साथै ओलीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरु निरन्तर निगरानीमा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताएका छन्।

प्रधानमन्त्रीओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन्।

डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो। अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ। ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्