दुर्घटना र तीव्र गति कम गर्न भक्तपूरका सडकमा ‘राडार गन ‘ जडान

Machchapuchchre

अर्थ राजनीति । अरनिको राजमार्ग सडक खण्डमा दिनहु सवारी साधन दुर्घटनामा परिरहेको हुन्छ । बाटो फराकिलो भएको कारण मानिसहरुले तीव्र गतिमा सवारी साधन चालाउने गरेको पाइन्छ । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडार गन’ जडान गरेको छ । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । विकसित मुलुकको सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस ‘राडार गन’ नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको बताइएको छ ।

“‘रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्ने जानकारी गराइएको छ ।  यसले त्यो सडकमा कुन कुन समयमा कति वटा कुन कुन प्रकारको, कस्तो रङको, कुन कुन नम्बरको, कति कति स्पिडमा र कुन कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एचडी क्वालिटीको भिडियो रेकर्ड राख्ने बताइएको छ । रातिको समयमा समेत यसले सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोहीले पनि कारवाहीबाट उन्मुक्ति पाउन नसक्ने दाबी गरिएको छ । सडकमा जडान गरिएका क्यामराको प्रहरी परिसरले कन्ट्रोल कक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ । यसले अब केहि हदसम्म सवारी दुर्घटना हुन् बाट जोगाउछ र साथै तीव्र गतिमा सवारी साधन चलाउन नियन्त्रण गर्दछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्