७२ वर्षीय मुहिद्दिन बने मलेसियाका नयाँ प्रधानमन्त्री, आइतबार शपथग्रहण

Machchapuchchre

क्वालालम्पुर । मलेसियाका सुल्तानले पूर्वगृहमन्त्री मुहिद्दिन यासिनलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएका छन् । संसद्मा मुहिद्दिनको बहुमत पुग्ने देखिएकाले राजाले उनलाई प्रधानमन्त्री बनाउने निर्णय लिएको राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘महाराजले प्रधानमन्त्री नियुक्ति प्रक्रियामा ढिला गर्न नमिल्ने बताएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

मुहिद्दिनलाई प्रधानमन्त्री बनाइने निर्णय सबैका लागि उचित भएको राजाले बताएका छन्। ७२ वर्षीय मुहिद्दिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनेछन्। ‘राष्ट्रिय दरबारले लिएको निर्णय स्वीकार गर्न म सबैलाई आग्रह गर्दछु,’ पत्रकारसमक्ष आफ्नै निवासमा मुहिद्दिनले शनिबार बताए।

अनवर इब्राहिमसँगको टकरावकै बीच प्रधानमन्त्री महाथिर मोहम्मदले एक साताअघि पदबाट राजीनामा दिएसँगै मलेसियाको राजनीतिक तनाव उत्कर्षमा पुगेकै बेला राजाको यस्तो निर्णय आएको हो।

राजाको निर्णय आएसँगै महाथिर र अनवरले पुनः आफूहरु मिलेको घोषणा गरेका छन्। मलेसियामा ६ दशक सत्तारुढ दल रहेको युनाइटेड मलायस नेसनल अर्गनाइजेसन र इस्लामिस्ट पार्टी भने मुहिद्दिनको पक्षमा देखिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्