सिरियाद्वारा टर्कीमाथि आक्रमण,- २९ सैनिक मारिए, १० लाख बढी विस्थापित

Machchapuchchre

एजेन्सी । सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिएका छन् । टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा भएको हवाइ हमलामा अन्य कैयौं घाइते भएको बीबीसीले जनाएको छ । टर्कीले इडलिब प्रान्तमा सुरक्षाकर्मीको तैनाथी बढाएलगत्तै भएको हमलामा मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।

रसियाको समर्थनमा रहेको सिरियाली सरकारी सैनिकले विपक्षीहरुका अखडा नियन्त्रण गर्न भन्दै सैन्य कारवाही बढाएको समाचारमा जनाइएको छ । आक्रमण भएको स्थानमा बाक्लो बस्ती रहेकाले कयौं सर्वसाधारण विस्थापित भएका छन् । सिरिया र टर्कीको बढ्दो तनावका कारण गत डिसेम्बरदेखि नै बिस्थापित हुनेको संख्या दश लाख भन्दा बढी रहेको बताइएको छ ।

बिस्थापित हुनेहरुमध्ये अधिकांश बालबालिका र महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमण लगत्तै टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन् । टर्कीले सिरियाली सेनाको हतियार भण्डारण रहेको स्थानमा आक्रमण गरेको बताइएको छ । यता टर्कीले भने सिरियाली सरकारले गरेको आक्रमणको जवाफ दिने चेतावनी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्