ट्रम्प भारत आएका बेला दिल्लीमा हिंसा, प्रहरी अधिकारीसहित चार जनाको मृत्यु, २५ घाइते

Machchapuchchre

काठमाडाैं । अमरिकी राष्ट्रपति भरत भ्रमणमा आएका बेला नयाँ दिल्लीमा तनाव भएको छ । दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंस्रक भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिंसामा अहिलेसम्म तीन सर्वसाधारणको र एक पुलिस अधिकारी मृत्यु भएको छ ।

दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन् । तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन ।

सोमबार के भयो ?
सोमबार दिउँसो र बेलुका भएको हिंस्रक घटनामा चारजनाको मृत्यु भएको छ । जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गोली लागेका कारण मृत्यु भएको छ । पुलिस अधिकारीले बीबीसीसँगको कुराकानीमा गोली सुल्तानको खुट्टामा लागेको तर अत्यधिक रक्तश्राव भएका कारण उनको मृत्यु भएको बताएका छन् ।

यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृत्यु भएको छ । शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन् । उनका भाइ राशिद अल्वीले बीबीसीलाई भने, ‘शाहिद अटो चलाउँथे । दंगाका बेला उनको पेटमा गोली लाग्यो । उनको शवलाई पोस्टमार्टमका लागि जीटीबी अस्पताल पुर्‍याइएको छ ।’

शाहिदको विवाह दुई महिना अघि मात्रै भएको थियो । उनी दिल्लीको मुस्तफाबाद इलाकामा भाडामा बसिरहेका थिए । जीटीबी अस्पतालमा भएका बीबीसी संवाददाता प्रशान्त चहलका अनुसार अस्पतालमा २५ घाइतेलाई भर्ना गरिएको छ । अस्पताल स्रोतले प्रशान्त चहललाई बताए अनुसार २५ जनालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको छ ।

तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ । रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ । जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ । यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार उक्त हिंसामा एक हेड कन्सटेबलको पनि मृत्यु भएको छ । मारिएका हेड कन्सटेबलको नाम रतन लाल हो ।

थुप्रै इलाकामा ढुङ्गा हानाहान र आगलागीपछि स्थिती तनावग्रस्त भएको छ । हज्जारौंको संख्यामा भएको भीडमाथि नियन्त्रण पाउनका लागि पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको छ । पुलिसको लाठीचार्ज पछि भाडदौडको स्थिती सृजना भएको छ ।

थुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आगजनी गरिएको छ । जुन इलाकामा हिंसा भएको छ त्यहाँ मुसलमानको ठूलो जनसंख्या छ । हिंसालाई ध्यानमा राखेर दिल्ली मेट्रोले सरक्षाका कारण पाँच स्टेशन बन्द गरेको छ । यो स्टेशन जाफराबाद, मौजपुर–बाबरपुर, गोकुरलपुरी, जोहरी एन्कलेव र शिव विहार । बाबरपुर–मौजपुर मेट्रो स्टेशनमा भारी मात्रामा ढुङ्गा हानाहान भएको छ । यहाँ कम्तीमा दुई वाहनमा आगलागी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्