ओलीले प्रचण्डलाई बालुवाटार बोलाए, पछिल्लो घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल हुने

Machchapuchchre

काठमाडौं– नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् । ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन ।

अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए । ‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।

विहीवारमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल भएको थियो । आजै एमसीसी अध्ययन कार्यदलले समेत प्रतिवेदन बुझाउने भएपछि अध्यक्षद्वय छलफलमा जुटेको स्रोतको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्