शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, दिउँसो ३ बजे शपथ

Machchapuchchre

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

शिवमायाले उपसभामुखबाट राजिनामा दिन नमानेपछि नेकपा अध्यक्ष द्वोय केपी ओली र प्रचण्डले उनलाई उचित पद दिने घोषणा गरेका थिए । शिवमायाले मन्त्रालय मागेपछि उनलाई मन्त्री बनाइएको नेकपाका एक नेताले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्