कालापानी गएकाे रक्षामन्त्री नेतृत्वको टाेली ल्याण्ड हुन सकेन, हवाई निरीक्षण गरेर मात्रै फर्कियो

Machchapuchchre

काठमाडौँ । साेमबार बिहान कालापानी सीमा क्षेत्रकाे अवलाेकन गर्न गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल सवार हेलिकप्टरमा आकाशबाटै फिर्ता भएको छ। बाक्लो हिउँका कारण रक्षामन्त्री पाेखरेल सवार हेलिकप्टर ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएकाे छ । सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।

‘थाङरुमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्ने ठाउँ हेर्न गएका थियौं। सोही अवसरमा सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रमलाई मौसमले साथ दिएन।’ उक्त टोलीमा रहेका एक सदस्यले भने। उक्त क्षेत्रमा हालै नेपालको भूमिमा भारतले सडक खनेको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेको थियो।

कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद थियो। नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएकाे छ। प्रधानमन्त्रीले शनिबार संसद्मा सम्बोधन तथ्य र प्रमाण उक्त क्षेत्र नेपालको भएको पुष्टि भन्दै फिर्ता ल्याउने दाबी गरेका थिए। रक्षामन्त्री आइतबार दार्जुला गएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्