जाने सूचना जारी गरेर जनयुद्ध दिवसको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष्य केपी शर्मा ओली २५ औं जनयुद्ध दिवसको अवसरमा पूर्व माओवादी नेताहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छैनन् । नेकपा र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । सो कार्यक्रममा ओली पनि सहभागी हुने भनिए पनि सहभागी छैनन् । यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् । यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्