ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

Machchapuchchre

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्