ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

Machchapuchchre

काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुने जनाएको छ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । बरु बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्