मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण, कुल संख्या १३ हजार ५ सय ६४ पुग्यो

अर्थ राजनिती ~  नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना  संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

एमसिसी अनुमोदन गर्ने समय आज सकिदै, अब सम्झौता के हुन्छ ?

अर्थ राजनीति ~ संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गराइ कार्यान्वयनमा लैजान नेपाल सरकार असफल भएको छ। सन् २०१७ मा एमसिसी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि एमसिसी र नेपाल सरकारले २०२० जुन ३० अर्थात् मंगलबारभित्रमा संसदबाट सम्झौता अनुमोदन गराइ कार्यान्वयनमा लैजाने सहमति गरेका थिए। त्यसअनुसारको काम हुन सकेन। सत्तारुढ नेकपा भित्रको एउटा समूहले एमसिसी […]

पुन साउन ७ गते सम्म लकडाउन लम्ब्याउने निर्णय

अर्थ राजनीति ~  सरकारले साउन ७ गते सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। असार १ गते देखि लकडाउन खुकुलो गरेको सरकारले लकडाउन कायम रहेको तर जनजीवन सामान्य बनाउन मात्रै खुकुलो गरिएको बताएको थियो। तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा बताएको थिएन। यस्तै, सरकारले हवाई उडान पनि ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको […]

उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

अर्थ राजनीति ~ कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् ।  थप १२१ डिस्चार्ज भएका छन् । […]

नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको छ, तर त्यस्तो सपना नदेख्न चेतावनी: प्र.म ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने खेल शुरु भएको बताएका छन्। आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले भारततिर इंगित गर्दै आफूलाई हटाउन दूतावासदेखि होटलसम्म खेल शुरु भएको बताएका हुन्। ओलीले आफूलाई पदबाट हटाउने सपना नदेखेपनि हुनेसमेत बताए। नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको ओलीको आरोप छ। […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

अर्थ राजनीति ~ नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ । कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक […]

नेपाल भित्रियो सलह, अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने खतरा !

अर्थ राजनीति ~ सलह किराको समूह पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीकारुपमा देखिएको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलहलाई ‘प्लेग’को पनि संज्ञा दिएको । यो किराको समूहलाई नियन्त्रणमा लिन […]

कोरोना कहर: संक्रमित १ करोड नाघ्यो, मृतक ५ लाख बढी

अर्थ राजनीति ~ विश्वभर कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको मानिसको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको एक चौथाई रहेको छ ।​ वर्ल्डोमिटर्सको पछिल्लो आँकडाअनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार रहेको छ भने ५ लाख  ६ सय जनाको मृत्यु भइसकेको छ […]

नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल जारि, प्रधानमन्त्री पनि उपस्थित

अर्थ राजनीति ~ नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल पनि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति एक पद र सरकारका काम कारवाहीका विषयमा छलफल भइरहेको छ । बैठकमा स्थायी कमिटी सदस्यहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको […]

नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै, एमसिसी र अन्य विविध विषयमा छलफल हुने

अर्थ राजनीति ~  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो । आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो । आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य […]