नेपाल भित्रियो सलह, अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने खतरा !

Machchapuchchre

अर्थ राजनीति ~ सलह किराको समूह पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको छ ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीकारुपमा देखिएको छ ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलहलाई ‘प्लेग’को पनि संज्ञा दिएको । यो किराको समूहलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रहरुले उपाय अपनाए तापनि सफल भने हुनसकेका छैनन् । भारत र पाकिस्तानले पनि एक–अर्काको समन्वयमा सलहलाई नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । सलह नियन्त्रणका लागि प्रविधि र सूचनाको आदान–प्रदान गर्ने गरिएको छ ।

यो किराको समूह लाखौं वा करोडौंको संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नष्ट गर्ने गर्दछ । र, यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर उड्ने गर्छ ।

यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेकोे सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्न सक्छ । दक्षिण तराईको भागबाट तीन दिनमा देशको उत्तरी सिमाना पार गर्नसक्ने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्