कोरोना कहर: संक्रमित १ करोड नाघ्यो, मृतक ५ लाख बढी

Machchapuchchre

अर्थ राजनीति ~ विश्वभर कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको मानिसको संख्या एक करोड नाघेको छ भने मृतकको संख्या ५ लाख नाघेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमितको एक चौथाई रहेको छ ।​ वर्ल्डोमिटर्सको पछिल्लो आँकडाअनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार रहेको छ भने ५ लाख  ६ सय जनाको मृत्यु भइसकेको छ । ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निको भइसकेका छन् । संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् । त्यसैगरी, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको आँकडाले देखाउँछ । साथै, यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्