नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल जारि, प्रधानमन्त्री पनि उपस्थित

Machchapuchchre

अर्थ राजनीति ~ नेकपा स्थायी कमिटी बैठकको तेस्रो दिनको छलफल पनि सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा एमसीसी, पार्टी एकतालाई पूर्णता दिने विषय, एक व्यक्ति एक पद र सरकारका काम कारवाहीका विषयमा छलफल भइरहेको छ ।

बैठकमा स्थायी कमिटी सदस्यहरुले आ आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा भने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुभएको छ ।

हिजोको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको थियो । आजको बैठकमा हिजो धारणा राख्ने केही सदस्यहरुले प्रधानमन्त्रीको उपस्थितिमा सीमा विवादका बारेमा पुनः धारण राख्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

हिजोको बैठकमा ओली उपस्थित नभएपछि सदस्यहरुले आलोचना गर्नुभएको थियो । उहाँहरुले प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बोलाएर अनुपस्थित हुँदा पार्टीलाई उपेक्षा गरेको भन्दै आलोचना गरेका गर्नुभएको थियो ।

असार १० गते उद्घाटन गरिएको स्थायी समितिको बैठकले सातवटा कार्यसूची तय गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्