कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

अर्थ राजनीति ~ नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्