नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको छ, तर त्यस्तो सपना नदेख्न चेतावनी: प्र.म ओली

Machchapuchchre

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने खेल शुरु भएको बताएका छन्।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले भारततिर इंगित गर्दै आफूलाई हटाउन दूतावासदेखि होटलसम्म खेल शुरु भएको बताएका हुन्।

ओलीले आफूलाई पदबाट हटाउने सपना नदेखेपनि हुनेसमेत बताए।

नयाँ नक्सा छापेपछि आफूलाई हटाउने खेल शुरु भएको ओलीको आरोप छ। उनले भने, ‘तर, म यति भन्छु नेपालको राष्ट्रियता यति कमजोर छैन। नक्सा छापेवापत् संविधान संशोधन गरेवापत यसलाई हटाउछ् भन्ने कसैले सोचेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।’

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्