पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमित व्यक्तिले पनि परिक्षा दिन पाउने व्यवस्था मिलाउन लोक सेवा आयोगलाई सर्वोच्चको आदेश

अर्थ राजनीति ~ सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन आदेश दिएको छ । आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेर भनेको छ ।संक्रमितहरुलाई गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यस्तै परीक्षार्थी, परीक्षा […]

फ्रान्समा बिहिवार मात्र ३० हजार भन्दा व्यक्तिमा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ फ्रान्समा बिहीबार मात्रै एकै दिन ३० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ३० हजार जनामा कोरोनो संक्रमण भएपछि फ्रान्सको अवस्था गम्भीर भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा […]

निरोधात्मक काम गर्न स्थानीय तहलाई निर्देशन

अर्थ राजनीति ~ दिन दिनै बलात्कारको घटनाहरु भैरहेको छ र त्यो घटनामा सम्लंग्न दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्रमा केश सल्टाउने कामहरु भैरहेको छ। बलात्कार जस्तो ठुलो अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको छ र नेपाल सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । संघीय मामिला […]

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

अर्थ राजनीति ~ नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेको कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको भन्दै निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ । युरिया मल उत्पादनका लागि उपयुक्त प्रविधिको छनौट […]

बुधबार नेपाल–अष्ट्रिया दुईपक्षीय वार्ता सम्पन्न

अर्थ राजनीति ~ नेपाल र अष्ट्रियाबीचको दुईपक्षीय परामर्श वैठक बुधबार सम्पन्न भएको छ । बैठकले समग्र दुईपक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय उर्जा, पर्यटनका क्षेत्रहरुमा सहकार्य बढाउने सहमति भएको बताएको छ । नेपाल र अष्ट्रिया दुबै हिमाली र भूपरिवेष्ठित मुलुक भएकाले विभिन्न […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंका ५, मोरङका ३ तथा ललितपुर, भक्तपुर काभ्रे, सुनसरी, स्याङ्जा, नवलपरासी र नवलपुरका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

भ्रष्टाचार गरेको भन्दै झुटो आरोप लगाउने डा. बाबुरामलाई मुद्दा हाल्ने आट देखाउनु पर्ने

अर्थ राजनीति ~ राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको झुटो आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक व्यक्त गरेका हुन् । डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]

कञ्चनपुरमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

अर्थ राजनीति ~ करेन्ट लागेर मंगलबार कञ्चनपुरमा एक युवकको निधन भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीका २० वर्षीय दिनेश साउदको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नो पसलमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साउदको महाकाली अस्पताल […]

सुदूरपश्चिममा प्रदेश सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ सुदूरपश्चिम प्रदेश सभा सदस्य मनबहादुर धामीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । उनलाई सामान्य समस्या देखिएको उनी बताउँछन् ।