भ्रष्टाचार गरेको भन्दै झुटो आरोप लगाउने डा. बाबुरामलाई मुद्दा हाल्ने आट देखाउनु पर्ने

Machchapuchchre

अर्थ राजनीति ~ राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् । डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको झुटो आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक व्यक्त गरेका हुन् । डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको बताएका थिए । आरोप लगाउने र प्रमाण नदेखाउने आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यी सबै मिलीभगत हुने लोहनीको धारणा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्