फ्रान्समा बिहिवार मात्र ३० हजार भन्दा व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ फ्रान्समा बिहीबार मात्रै एकै दिन ३० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ३० हजार जनामा कोरोनो संक्रमण भएपछि फ्रान्सको अवस्था गम्भीर भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्