कोरोना संक्रमित व्यक्तिले पनि परिक्षा दिन पाउने व्यवस्था मिलाउन लोक सेवा आयोगलाई सर्वोच्चको आदेश

Machchapuchchre

अर्थ राजनीति ~ सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन आदेश दिएको छ । आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेर भनेको छ ।संक्रमितहरुलाई गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यस्तै परीक्षार्थी, परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने सबैलाई सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण बनाउन पनि सर्वोच्चले भनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्