निरोधात्मक काम गर्न स्थानीय तहलाई निर्देशन

Machchapuchchre

अर्थ राजनीति ~ दिन दिनै बलात्कारको घटनाहरु भैरहेको छ र त्यो घटनामा सम्लंग्न दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्रमा केश सल्टाउने कामहरु भैरहेको छ। बलात्कार जस्तो ठुलो अपराधमा पनि मिलापत्र गराउने कार्यमा जनप्रतिनिधिहरु नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको छ र नेपाल सरकारले त्यस्ता काम रोक्न सबै स्थानीय तहहरुलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न आदेश दिएको हो । गम्भीर अपराधहरु पनि सहमति भएका समाचार आईरहेको बसन्त अधिकारीले बताए । त्यसैले त्यस्ता कसूरहरु रोक्न सबै स्थानीय तहहरुलाई आवश्यक निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्य गर्न/गराउन भनिएको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्