कञ्चनपुरमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ करेन्ट लागेर मंगलबार कञ्चनपुरमा एक युवकको निधन भएको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीका २० वर्षीय दिनेश साउदको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफ्नो पसलमा बिजुली जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका साउदको महाकाली अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्