बाग्लुङमा ११ थान बन्दुक सहित ११ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ बाग्लुङमा अबैध रुपमा घरमै राखिएको ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका छन । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले बन्दुको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको र उक्त तस्विर प्रहरीको नजरमा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो । बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्