बुधबार नेपाल–अष्ट्रिया दुईपक्षीय वार्ता सम्पन्न

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल र अष्ट्रियाबीचको दुईपक्षीय परामर्श वैठक बुधबार सम्पन्न भएको छ । बैठकले समग्र दुईपक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय उर्जा, पर्यटनका क्षेत्रहरुमा सहकार्य बढाउने सहमति भएको बताएको छ । नेपाल र अष्ट्रिया दुबै हिमाली र भूपरिवेष्ठित मुलुक भएकाले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तनलगायतका अन्य विषयमा सहकार्य गर्ने सम्बन्धमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्