आज माघ शुक्ल पञ्चमी अर्थात् ” श्रीपञ्चमी ” सरस्वती पूजा

अर्थ राजनीति  ~  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक […]

प्रधानमन्त्री ओलीको हर्कत राजा-महाराजा झैं हुदैछन् : प्रचण्ड

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कत राजा-महाराजा झैं हुदै गएका र उनि  विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्ने जस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताएका […]

मौसमविद् : मौसम सुधार हुन अझै केही दिन लाग्ने

अर्थ राजनीति  ~  पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने मौसम विज्ञान विभागले जनाएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको देखिन्छ । मौसमविद्का अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल […]

प्रदेश १का मुख्यमन्त्री राई भन्छन् “जनताको विश्वासमा तातो पानी “

अर्थ राजनीति ~ प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताएका छन् । प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र […]

क्युआरकोड भुक्तानीमा गभर्नर अधिकारीको अग्रर्सरता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘क्युआर कोड’ भुक्तानी बिस्तारमा निकै अग्रसर देखिएका छन् ।  शुक्रबारको दिन उनले बैंकहरुले बिस्तार गरिरहेको क्युआर भुक्तानीको उद्घाटनका लागि नै छुट्याएका छन् । क्यासलेस गर्न नसकिए पनि लेस क्यास गर्न सकिन्छ भनेर लागिरहेको गभर्नरले बताएका छन् । भिसा र मास्टरकार्डको प्रयोग गर्दा निश्चित पैसा विदेश पठाउनु […]

तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दै छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ र  त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे […]

नेपाली कांग्रेसको ७७ वटै जिल्लामा बिरोध प्रदर्शन

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले आज  देशैभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका […]

चीनसँग जोडिएका तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द

अर्थ राजनीति  ~  चिनियाँ भन्सारका  श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल- चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ । हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको जानकारी आएको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको रसुवागढी नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट ठप्प भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद […]

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा लुम्बिनी केबलकार निर्माण शिलान्यास

अर्थ राजनीति  ~  भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा आइएमई समूहको अगुवाईमा पाँचतारे होटलसहित केबलकार निर्माण कार्य  सुरु भएको छ । केबलकार र होटलमा आक्रामक लगानी गरिरहेको आइएमई समूहको यो दोस्रो ठुलो प्रोजेक्ट हो। यो समूहको अगुवाईमा काठमाडौंको चन्द्रागिरिमा केबलकारसहित होटल संचालनमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेको लुम्बिनी केबलकार एक वर्षभित्र निर्माण […]

आइतबार सुनकाे मूल्यमा सामान्य गिरावट

अर्थ राजनीति  ~  आज आइतबार  साताको कारोबारको पहिलो दिन सुनको मूल्य पुन घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतिताेला एक सय रुपैयाँ घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार […]